धनगढी पोष्ट
बिहिबार, २८ जेठ २०८३ मा प्रकाशित
धनगढी । गेटा आखा अस्पतालका कर्मचारीहरुका मागका बारेमा केन्द्रिय कार्यवाहक अध्यक्षको टोली आएकै बेलामा सहमति भैसके पनि अहिले स्थानीय वासिन्दाहरु आन्दोलनमा रहेको र उनीहरुले राखेका मागहरु नेपाल नेत्रज्योति संघको बिधान विपरितका रहेको भन्दै गेटा अस्पताले व्यवस्थापन समितिले आन्दोलन फिर्ता लिएर अस्पतालको साख बचाई राख्न आग्रह गरेको छ ।
केन्द्रिय कार्यवाहक अध्यक्ष श्याम कुमार पोखरेल सहितका पादधिकारीले आन्दोलनरत कर्मचारी, नेपाल नेत्रज्योति संघ सुदुरपश्चिम प्रदेश समिति, जिल्ला समिति र अस्पताल व्यवथापन समितिसँग छलफल व्यवस्थापन समितिले तत्काल गर्न सक्ने कामहरु तत्काल गर्ने र व्यवस्थापन समितिको अधिकार क्षेत्र भन्दा बाहिरका कामहरु केन्द्रमा सिफारिश गर्ने सहितका १३ बुदे सहमति पत्रमा हस्ताक्षर गरि आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको अध्यक्ष लोकराज जोशीद्धारा प्रकाशित बिज्ञप्तिमा उल्लेख गर्दै सहमतिपछि नेत्रज्योति संघको बिधान र नियमावली विपरितका मागहरु राखेर अस्पतालको मुलगेटमा कालो ब्यानर राख्ने कार्यले सेवाग्राहीलाई मर्का पर्ने गरि, अस्पतालालई बदनाम गर्ने जस्तो घृणित कार्य गरिररहेको उल्लेख छ ।
बिज्ञप्तिमा भनिएको छ ‘अस्पतालको बदनामी गर्ने जस्ता घृणित कार्य गरिरहेकाले उक्त अवान्छित कृयाकलाप यथाशिघ्र बन्द गरि अस्पतालको सेवा सुचारु राख्न र अस्पतालको शाख बचाई राख्नको लागि सरोकारवाला सबैले आपनो क्षेत्रबाट योगदान पुरयाइउपदन हुन हार्दिक अपिल गर्दछौं ।’
जेठ २२ गते सहमति भैसकेपछि स्थानीय वासिन्दाहरुले जेठ २४ गतेदेखि अस्पतालमा आन्दोलन गरिरहेका छन् । उनीहरुले अस्पताल व्यवस्थापन समिति भंग गर्नु पर्ने, अस्पतालमा कार्यरत चार जना प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई अवकाश दिनु पर्ने लगायतका माग राखेका छन् ।
जेठ १९ गते कन्चनपुरका प्रतिनिधि सभा सदस्यको पहलमा कर्मचारी र अस्पताल प्रशासन सहमतिमा पुगेको उल्लेख गर्दै बिज्ञप्तिमा तत्पश्चात स्थानीयको ठुलो जमात बैठकमा प्रवेश गरि सांसद र चिफ मेडिकल डाइरेक्टरलाई जबरजस्ती बाहिर निकाली कर्मचारीलाई भित्र थुनी तालबन्दी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
कर्मचारीको माग बमोजिमको २०८२ साउनदेखि नै लागु हुने गरि महंगी भत्ता दिर्ने निर्णय जानकारीका लागि सुचना पार्टीमा टास गरिसकिएको बिज्ञप्तिमा उल्लेख छ ।
गेटा आखा अस्पताल नेत्रज्योति संघद्धारा संचालित आखा अस्पताल हो । सुदुरपश्चिममा अन्धोपनको न्युनीकरण गर्न गेटा आखा अस्पतालको स्थापना भएको हो ।
शुरुमा जेठ ४ गते महंगी भत्ता लगायतका माग राखेर अस्पतालका कर्मचारीले आन्दोलन शुरु गरेका थिए । जेठ २४ देखि स्थानीय वासिन्दा आन्दोलन गरिरहेका छन् ।