धनगढी पोष्ट
शनिबार, ३० जेठ २०८३ मा प्रकाशित
धनगढी । हिमशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले सहकारीका शेयर सदस्यहरुको लागि सहकारी शिक्षा संचालन गरेको छ । सहकारीका नयाँ शेयर लगेका सदस्यहरुलाई सहकारीका बारेमा जानकारी दिन सहकारी शिक्षा कार्यक्रम संचालन गरेको हो ।
शुक्रवार संचालन गरेको सहकारी शिक्षा कार्यक्रममा हिमिखरको नयाँ शेयर लिएका २५ जनाको सहभागिता रहेको थियो ।
नयाँ शेयर लिएका व्यक्तिहरुसँग सहकारीका बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको हिमशिखर सहकारीका प्रवन्धक महेन्द्र शाहीले बताए । ‘सहकारी सदस्य केन्द्रित संस्था हो । सहकारीका बारेमा सबै शेयर सदस्यहरुलाई जानकारी हुन आवश्यक हुन्छ ।’ व्यवस्थापक शाही भन्छन् ‘त्यसैले नयाँ शेयर लगेकाहरुलाई सहकारीको अवस्था र सहकारीबाट लिन सकिने फाइदाका बारेमा जानकारी सहकारी शिक्षा संचालन गरेका हौं ।’
ऋणको आवश्यकता कसलाइ कतिखेर पर्छ भन्न नसकिने बताउँदै प्रवन्धक शाहीले शेयर सदस्यहरुलाई आवश्यकताका आधारमा सहज र सुलभ रुपमा दुई तनि दिनमै ऋण उपलव्ध गराइने गरेको बताए ।
धनगढीमा केन्द्रिय कार्यालय रहेको सुदुरपश्चिमको अग्रणी हिमशिखर बहुउदेश्यीय सहकारीका धनगढी, अत्तरिया, हसुलिया र बढैपुरमा सेवा केन्द्र रहेका छन् । पाँच हजा भन्दा बढी शेयर सदस्य रहेको हिमशखिरमा आधा भन्दा बढी शेयर सदस्य महिला रहेका छन् ।
सो अवसरमा हिमशिखरका ऋण बिभाग प्रमुख पदम सिंह बलायरले हिमशिखरले सदस्य केन्द्रित सेवामा नै जोड दिंदै आएको बताउँदै नयाँ कामको शुरुआत गर्न खोज्ने र कामको दायरा बढाउन खोज्ने दुवैका लागि सहयोग गर्दै आएको बताए ।
बलायरले सहकारीमा शेयर सदस्यहरु कारोवार गर्न पाउने र सहकारीको नाफामा पनि सहभागी हुने गरेको बताए । शेयर सदस्यहरुलाईद सदस्य हितकोष मार्फत सुविधाहरु उपलव्ध गराउँदै आएको समेत बलायरले बताए ।
सो अवसरमा नया शेयर सदस्यहरुलाई सहकारीका अध्यक्ष रोशन सिंह, उपाध्यक्ष बिमल जोशी, कोषाध्यक्ष श्याम बिष्ट र प्रवन्धक महेन्द्र शाहीले प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रम संचालन हिमशिखरका धनगढी सेवा केन्द्रका प्रमुख दिल बहादुर कडायतले गरेका थिए ।