धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ ।

निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । देउवा समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन लिएर गएका थिए । सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ । अब पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूहले निवेदन दिएको हो ।


ट्रेन्डिङ