धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

महेन्द्रनगरमा भेटिएको बम सेनाले निष्कृय गर्यो

महेन्द्रनगरमा भेटिएको बम सेनाले निष्कृय गर्यो

धनगढी

 महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा भिटएको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय गरेके छ ।  बुधबार राति २ बजे भेटिएको बमलाई बिहान नेपाली सेनाको टोली निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

 सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको हो । बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाएको बताए ।

 राति २ बजे बम भेटिएको हो, अहिले विहान ६ बजेर ५० मिनेटमा निष्क्रिय पारियोउनले भने,‘बमसंगै भेटिएको पर्चाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।



ट्रेन्डिङ