धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले गरयो बाढी पीडितको लागि एक लाख एक हजार एक रुपैयाँ सहयोग

चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले गरयो बाढी पीडितको लागि एक लाख एक हजार एक रुपैयाँ सहयोग

धनगढी । नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि  नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर अफ कमर्स, धनगढी चेम्बर अफ कमर्स र गोदावरी चेम्बर अफ कमर्सले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको चेम्बरले जनाएको छ ।

चेम्बरले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग र्पुयाउन सबै सरोकारवाला निकाय, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ ।


ट्रेन्डिङ