धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

धनगढी

 सुदूरपश्चिम प्रदेशमा बिहीबार १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ८ र डडेलधुरा  अस्पतालमा गरिएको परिक्षणमा २ गरी १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्बर–१ का ३, साँफेबगर नगरपालिका अछामका २ तथा लम्की चुहा नगरपालिका, भिमदत्त नगरपालिका कञ्चनपुर र शुक्लाफाँटा नगरपालिका कञ्चनपुरका १/१ जनामा कारोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ४ सय ७९ जनाको स्वाव परिक्षण गरिएको थियो ।

 डडेलधुरा अस्पतालका इन्चार्ज इश्वरी भूषलका अनुसार डोटीका दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा  कोरोना पुष्टि भएको हो । उनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा डडेल्धुरा अस्पतालमा ४ सय ७९ जनाको स्वाव परिक्षण गरिएको थियो ।

 यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६९ पुगेको छ ।


ट्रेन्डिङ