धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

अख्तियारद्धारा नक्कली लाइसेन्स लिइ अध्यापन गर्ने शिक्षक बिरुद्ध अदालतमा मुद्धा दर्ता

धनगढी

 शुक्लाफाटा आधारभुत बिद्यालय कन्चनपुरकी शिक्षक  मीरा राना बिरुद्ध नक्कली अध्यापन अनुमति पत्र लिइ  अनुचित लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

  प्राथमिक तह राहत अनुदान कोटामा कार्यरत तत्कालीन शिक्षक रानाले नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश गरि शिक्षक पदमा नियुक्ति लिई लाभ तथा सुविधा समेत लिएको देखिएको र उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन बमोजिम  भ्रष्टाचारजन्य कसुर भएकोले मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।  अख्तियारले  प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको दावी गर्दै विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।