धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

खोलाले बगाएर आमा सहित ३ छोराछोरीको मृत्यु

खोलाले बगाएर आमा सहित ३ छोराछोरीको मृत्यु

धनगढी

 अछाममा खोलाले बगाएर एउटै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा संगै उनका दुई छोरी र १ छोरा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

 मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका –९ तानकोटका ३३ बर्षिया देवा बोहरा, उनकी १४ वर्षीया छोरी बिपना बोहरा, एक वर्षीया छोरी आकृति बोहरा र ७ बर्षे छोरा हेमन्त बोहरा रहेका जिल्ला प्रहरी कार्याय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले बताए ।

 उनका अनुसार कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा चारै जनाको बगेर मृत्यु भएको हो । घटना कालिकोट तर्फ भएको उनले बताए ।


ट्रेन्डिङ