धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
कोरोना कहर

एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिने

एसईईका विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिने

काठमाडौं

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् ।

   बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरे लगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन ।

  ‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेलले भने– ‘यस सम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने  छन् ।’

  लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।

  माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।

 


ट्रेन्डिङ