धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

समुदायमा कोरोना देखिएपछि घनगढी–३ को वडा कार्यालय १० गते सम्म बन्द गरिने, विना काम घरबाहिर ननिस्कन आग्रह

समुदायमा कोरोना देखिएपछि घनगढी–३ को वडा कार्यालय १० गते सम्म बन्द गरिने, विना काम घरबाहिर ननिस्कन आग्रह

धनगढी

 समुदाय स्तरमै कोरोना संक्रमण पुष्टी भएपछि धनगढी उप–महानगरपालिका–३ ले वडा स्तरबाट हुने सेवा तथा प्रशासनिक काम भदौ १० गते सम्म्का लागि बन्द गर्ने निर्णय गरेको छ । सोमबार वडा कार्यालयमा बसेको बैठकले भदौ १ गते राती १२ बजे देखी लागु हुनेगरी भदौ १० गते सम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

 ट्राभल हिस्ट्री नै नभएका वडा नम्बर–३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएपछि समुदयामा कोरोना फैलिएको हुन सक्ने भन्दै १० गते सम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडा अध्यक्ष बलबहादुर ऐरले बताए ।

 साथै वडाका नागरिकलाई अनावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् । ‘वडा कार्यालय १० गते सम्म बन्द गर्दै, वडालाई आंसिक सिल गर्ने निर्णय गरेका छौं’ वडा अध्यक्ष ऐरले भने–‘प्रशासनिक सहयोगका लागि जिल्ला प्रशासनमा पनि पत्र पठाएका छौं ।’

 समुदाय स्तरमा कोरोना संक्रमण पुष्टी भएपछि सम्पूर्ण वडा वासिलाई घरमै बस्न वडा अध्यक्ष बलबहादुर ऐरले आग्रह गरेका छन् ।  ‘हामी अझै पनि सचेत भएमा धेरै हद सम्म कोरोना संक्रमण फैलिन पाउँदैन, वडा अध्यक्ष ऐरले भने–‘त्यसलै एक साता सम्म अत्यावश्वक काम बाहेक घरबाहिर ननिस्कन वडा वासीलाई आग्रह गरिएको छ ।’ वडा नम्बर ३ मा हाल सम्म पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।


ट्रेन्डिङ