धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीका ४६ सहित सुदूरपश्चिममा थपिए ४७ संक्रमित

डोटीका ४६ सहित सुदूरपश्चिममा थपिए ४७ संक्रमित

धनगढी

 डोटीका विभिन्न स्थानीय तहका ४६ र कैलालीका १ जनामा गरी मंगलबार सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधीमा डडेल्धुरा अस्पतालमा गरिएको २ सय ४७ स्वाव परिक्षणमा डोटीका मात्रै ४६ जनामा संक्रमण पुष्टी भएको हो । यसै गरी सेती प्रादेशिक अस्पतालमा गरिएको ६ सय ४९ स्वाव परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टी भएके हो ।

 डडेल्धुरा अस्पतालका संयोजक इश्वरी प्रसाद भूषलका अनुसार डोटीमा थपिएका ४६ मध्य ४५ जना शिखर नगरपालिकाका छन् । भूषालका अनुसार मंगलबार संक्रमण पुष्टी भएका मध्य शिखर नगरपालिका–१० का १६, वडा नम्बर–९ का१४ र  वडा नम्बर –१ का दुई जना रहेका छन् । यसै गरी डोटीको दिपायल शिलगढी नगरपालिकाका १ जनामा पनि मंगलबार कोरोना संक्रमण पुष्टी भएको छ ।

 म्ंगलबार नै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको ६ सय ४९ स्वाव परिक्षणमा जोशीपुर गाउँपालिकाका १ जनामाको नतिजा पोजेटिभ आएको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 संक्रमित हुनेमा कैलालीको जोशीपुर गाउँपालिका–७ का ३५ बर्षे पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।


ट्रेन्डिङ