धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछामका ३० सहित डडेल्धुरा अस्पतालमा ४७ जनामा कोरोना पुष्टि

धनगढी

  पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा  गरीएको परीक्षणमा अछामका ३०  सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   बिहीबार डडेल्धुरा अस्पतालमा ३ सय ७० जनामा कोरोना परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालका कोभिड–१९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।

  उनका अनुसार मेल्लेख गाउँपालिका अछामका १५ जना र साफेबगर नगरपालिका अछामकै १५ गरी ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै गरी डोटीको आदर्श गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज नै गन्यापधुरा गाउँपालिका डडेल्धुराका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज भुषालले जानकारी दिए । 

 


ट्रेन्डिङ