धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कन्चनपुर जिल्लामा पनि आज राति १२ बजेदखि निषेधाज्ञा लागु हुने

कन्चनपुर जिल्लामा पनि आज राति १२ बजेदखि निषेधाज्ञा लागु हुने

महेन्द्रनगर

 कञ्चनपुर जिल्लामा आज (बिहीवार) राति १२ बजेदेखि निषेधाज्ञा लागु हुने भएको कोरोनाको संक्रण बढिरहेको  सुदुरपश्चिमेलीका चाडपर्व आइरहेको बेला प्रशासनले  भदौ १४ गते रातिसम्म निषेधाज्ञा जारी गरेको हो

  जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि नै बिहीवार रातिदेखि नै जिल्लाभारि  निषेधाज्ञा  लागु गरिसकेको  

 निषेधाज्ञाको अवधिमा  अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाईने गरी संक्रामिक रोग स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जारी गरेको बिज्ञप्तिमा जनाइएको

 निषेधाज्ञाको अवधिमा सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरु किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छन्

  बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको

   



ट्रेन्डिङ