धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्धारा पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन दर्ता

एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्धारा पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन दर्ता

काठमाडौं

  कन्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा लापरवाही गरेको भन्दै सेवाबाट निलम्बन गरिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन  प्रहरी  उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन् ।

  अदालतले  आफुहरुलाई सफाइ दिइसकेकोले पुनर्वहाली हुनुपर्ने भन्दै  उनीहरुले पदमा पुनर्वहालीका लागि निवेदन दिएका हुन् । २०७७  साउन १५  मा कञ्चनपुर जिल्ला अदालतले प्रहरी उपरिक्षक बिष्ट र प्रहरी निरीक्षक भट्टलाई सफाई दिएको थियो ।

  गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा विष्टलाई  २०७५ भदौ १०  मा र भट्टलाई भदौ ३१ भदौमा निलम्बन गरिएको थियो । निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अन्य छ जना प्रहरी पनि निलम्बनमा परेका छन्

   गृह मन्त्रालयले सेवाबाट वर्खास्त गरेकाले एसपी विष्ट र इन्सपेक्टर भट्टले माथिल्लो निकाय मन्त्रिपरिषदमा निवेदन पेश गरेका हुन् । निलम्बनमा परेका अन्य ६ जनाका विषयमा भने गृह मन्त्रालयले नै निर्णय गर्न सक्नेछ । यसका लागि उनीहरुले पनि निवेदन दिनुपर्ने हुन्छ । तर, उनीहरुले अहिलेसम्म निवेदन दिइसकेका छैनन् ।


ट्रेन्डिङ