निशेधआज्ञा उल्लङ्घन गरे दुई ऐन अनुसार कारवाही
धनगढी
बिहीबार राती देखी प्रशासनले जारी गरेको निशेधआज्ञा उल्लङघन गरे प्रहरीले दुई ऐन अनुसार कारवाही गर्न पाउने छ ।
निशेधआज्ञा उल्लङघन गरेमा संक्रमक रोग निवारण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुप शमशेर जबराले बताए ।
निशेधआज्ञाको पहिलो दीन नियमको उल्लङघन गर्नेलाई सम्झाई बुझाई पठाएका छौं’ प्रहरी उपरिक्षक जबराले भने–‘दोश्रो दीन देखी सम्झाई बुझाई हैन नियम अनुसार कारवाही हुने छ ।’उनले निशेधआज्ञा जारी गर्नु कसैको रहर नभएको भन्दै सवै नागरिकले आफ्नै लागी हो भन्ने ठानेर नियमको पालना गरी घरमै बस्न आग्रह गरे ।