धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ३० सहित ३६ जनामा कोरोना संक्रमण पुष्टी

धनगढीका ३० सहित ३६ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी

 धनगढी उप–महानगरपालिकाका ३० सहित शुक्रबार सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ४ सय २६ स्वाव परिक्षणमा अछाम र कैलालीका गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २४ घण्टाको अवधीमा कोरोना संक्रमण पुष्टी हुनेमा धनगढी १४ महिला र १६ पुरुष गरी ३० जना, गोदावरी नगरपालिकाका ४ पुरुष र अछामको बान्नीगढी जयगढ नगरपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा संक्रमण पुष्टी भएको हो ।


ट्रेन्डिङ