धनगढी
चार बर्ष अघि बन मुद्धामा जरिवाना भएपछि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरि कैलाली जिल्ला अदालतमा पेश गरेको छ । शुक्रवार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ बाट सोही गाउका बर्ष ३ का हेमन्त साउँद, बर्ष ५३ का सन्त बहादुर खप्तडीमगर र बर्ष ३० का दुर्गा भाट रहेका छन्
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टका अनुसार तिनै जना प्रति व्यक्ति एक लाख १३ हजार रुपैया जरिवाना तिरेर छुटेका छन् ।