धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका थप १३ जनामा कोरोना पुष्टी

कैलालीका थप १३ जनामा कोरोना पुष्टी

धनगढी

 पछिल्लो २४ घण्टाको अवधीमा कैलालीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ९ सय १ स्वाव परिक्षणमा कैलालीका ४ महिला र ९ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा कैलालीको लम्किचुहा नगरपलिकाका ३ महिला र ४ पुरुष, कैलारी गाउँपालिकाका वडा नम्बर ६ का ३ पुरुष, धनगढी उप–महानगरपालिका–१ की १ महिला र भजनी नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।


ट्रेन्डिङ