धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा विद्यालय सञ्चालक र निजी विद्यालयकी शिक्षिकामा कोरोना

धनगढीमा विद्यालय सञ्चालक र निजी विद्यालयकी शिक्षिकामा कोरोना

धनगढी

 धनगढीमा विद्यालय सञ्चालक र निजी शैक्षिक संस्थामा कार्यरत शिक्षिकामा कोरोना संक्रमण पुष्टी भएको छ ।

शनिबार धनगढीमा कोरोना पुष्टी भएका दुई जना मध्य वडा नम्बर–५ की शिक्षिका र वडा नम्बर–१ का विद्यालय सञ्चालकमा कोरोना संक्रमण पुष्टी भएको हो ।

 धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा संयोजक लक्ष्मिराज उपाध्यायका अनुसार शनिबार कोरोना संक्रमण पुष्टी भएका मध्य धनगढी वडा नम्बर–१ का ५१ बर्षे पुरुष विद्यालय सञ्चालक हुन भने वडा नम्बर–५ की ३५ बर्षीया महिला निजी विद्यालयमा कार्यरत शिक्षिका हुन् ।

 कोरोना संक्रमण पुष्टी भएका दुवै जनामा कोरोनाका लक्षण नदेखिएकाले दुवै जनालाई घरको होम आसोलेसनमा बस्न सुझाव दिएको स्वास्थ्य शाखा संयोजक उपाध्यायले बताए । यो संगै धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या २० पुगेको छ ।


ट्रेन्डिङ