धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमका सबै भन्दा बढी कोरोना संक्रमित २० देखि २९ बर्ष उमेर समुहका

सुदुरपश्चिमका सबै भन्दा बढी कोरोना संक्रमित २० देखि २९ बर्ष उमेर समुहका

धनगढी

   सुदुरपश्चिममा सबै भन्दा बढी २० देखि २९ बर्ष उमेर समुहका व्यक्तिहरुमा कोरोना संक्रमण भएको छ । प्रदेशमा कोरोना संक्रमितको जम्मा संख्याको ४३ प्रतिशत यसै उमेर समुहको छ ।

   हालसम्म प्रदेशमा ५ हजार १ शय ४९ जनामा कोरोनाको संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालयलदिपायलका अनजुसार प्रदेशमा  २० देखि २९ बर्ष उमेर समुहका कोरोना संक्रमितको संख्या २ हजार २ शय १७ रहेको  छ । 

   दोश्रो बढी संक्रमित हुने उमेर समुह ३० देखि ३० बर्ष उमेर समुह हो । यस उमेर समुहका ८ शय २२ पुरुष र २ शय ५१ महिला गरेर १ हजार ७३ जनामा कोरोना संक्रमण भएको छ ।

  त्यस्तै १० देखि १९ बर्ष उमेर समुहका ७ शय ५७ जनामा कोरोना संक्रमण भएको छ । जसमा पुरुष ५ शय २० जना र महिला १ शय ३७ जना रहेका छन् ।

   जन्मेदेखि ९ बर्ष उमेर समुहका पुरुष २ शय ६३ र महिला २ शय गरि ४ शय ६३ जनामा कोरोना संक्रमण भएको छ ।

   ४० देखि ४९ बर्ष उमेर समुहका ३ शय ५६ पुरुष र ८९ महलिा गरि ४ शय ४५ जना र ५० देखि ५९ बर्ष उमेर समुहका पुरुष १ शय ५० र महिला ३८ गरि १ शय ८८ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै ६० देखि ७० बर्ष उमेर समुहका पुरुष ५३ र महिला २८ गरि ८१ जनामा कोरोना संक्रमण भएको छ ।

    तर ८० देखि ८९ बर्ष उमेर समुह र ९० देखि ९९ बर्ष उमेर समुहका एक एक जनामा मात्र कोरोना संक्रमण भएको छ । 


ट्रेन्डिङ