धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती प्रयोगशालाको परिक्षमाण ४२ जनामा कोरोना संक्रमण पुष्टी

सेती प्रयोगशालाको परिक्षमाण ४२ जनामा कोरोना  संक्रमण पुष्टी

धनगढी,

 सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधीमा गरिएको ४ सय स्वाव परिक्षणमा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आइतबार दिउँसो साढे ३ बजे सम्मको विवरण अनुसार संक्रमित हुनेमा कैलालीको घोडाघोडी नगरपालिका १ महिला र ३ पुरुष गरी ४ जना, गोदावरी नगरपालिकाका ५ महिला र १० पुरुष गरी १५ जना, धनगढी उप–महानगरपालिकाका ४ महिला र ४ पुरुष गरी ८ जना, भजनी नगरपालिकाका १ महिला र ३ पुरुष गरी ४ जना, जोशीपुर गाउँपालिकाका १ परुषमा संक्रमण पुष्टी भएको छ ।

 सै गरी आइतबार नै कञ्चनपुरको पुनर्बास नगरपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना र पालिका नछुट्टिएका २ पुरुषमा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।


ट्रेन्डिङ