धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमका  मुख्यमन्त्रीका सवारी चालक र सेती अस्पतालको आइसोलेनका २ स्वीपरमा कोरोना संक्रमण

सुदुरपश्चिमका  मुख्यमन्त्रीका सवारी चालक र सेती अस्पतालको आइसोलेनका २ स्वीपरमा कोरोना संक्रमण

धनगढी

  सुदुरपश्चिमका मुख्यमनत्री त्रिलोचन भट्टका सवारी चालक र  सेती प्रादेशिक अस्पतालको आइसोलेनकास्वीपर २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मी राज उपाध्यायका अनुसार  पुष्टि हुनेमा सेती अस्पतालको आइसोलेनका स्वीपरको वडा नम्बर ४ का ६० बर्षीय १ जना र वडा नम्बर १४ का २७ बर्षीय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   कोरोना पुष्टि भएका तिनै जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिसकिएको स्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

  पछिल्लो २४ घण्टामा  सेती प्रयोगशालामा गरिएको परिक्षणमा  धनगढी उपमहानगरपालिकाका ८ जनामा कोरोना संक्रमण भेटिएको थियो ।


ट्रेन्डिङ