धनगढी
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा सवारी चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भउपछि मुख्यमन्त्रीको स्वाव परिक्षण गर्ने तयारी गरिएको निजी सचिवालयले जनाएको छ ।
‘चालकमा कोरोना संक्रमण पुष्टी भउपछि मुख्यमन्त्री ज्यू निवासकै सेफ क्वारेण्टाइनमा बस्नुभएको छ’ मुख्यमन्त्रीका स्वकिय सचिव शिव ओलीले भने–‘भोली स्वाव संकलन गरी कोरोना परिक्षण गरिने छ ।’
यस अघि शुक्रबार पनि मुख्यमन्त्री भट्टको स्वाव परिक्षण गरिएकोमा रिपोट नेगेटिभ आएको थियो ।
शनिबार मुख्यमन्त्री भट्टकै सवारी चालकको स्वाव परिक्षण गरिएकोमा आइतबार उनको पनि नतिजा नेगेटिभ आएको स्वकिय सचिव ओलीले बताए ।