धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी र डडेल्धुरामा गरिएको परिक्षणमा सुदूरपश्चिमका १ सय १४ मा कोरोना पुष्टी

धनगढी र डडेल्धुरामा गरिएको परिक्षणमा सुदूरपश्चिमका १ सय १४ मा कोरोना पुष्टी

धनगढी

 सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षमा  मंगलबार सुदूरपश्चिमका १ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 सेती प्रादेशिक अस्पतालमा गरिएको ४ सय ६९ स्वाव परिक्षणमा ५७ र डडेल्धुरा अस्पतामा गरिएको १  हजार ६ स्वाव परिक्षणमा पनि ५७ जनामा संक्रमण पुष्टी भएको हो ।

 मंगलबार सेती प्रादेप्रशिक अस्पतालमा गरिएको परिक्षणमा  धनगढीका ७ महिला र ६ पुरुष गरी १३ जना, टिकापुर नगरपालिकाका ७ महिला र ७ पुरुष गरी १४ जना, मोहन्याल गाउँपालिकाका १ महिला र १ पुरुष गरी २ जनामा संक्रमण पुष्टी भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 उनका अनुसार मंगलबार नै अछामको मंगलशैन नगरपालिका–५ का ५ महिला र ९ पुरुष गरी १४ जना, साँफेबगर नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना र अछामकै १ पुरुषमा पनि संक्रमण पुष्टी भएको छ ।

 यसै गरी डोटीको बोगटान गाउँपालिकाका २ पुरुष, आदर्श गाउँपालिकाका ४ पुरुष, बझाङका २ पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका–४ का १ पुरुष र बेलडाँडी गाउँपालिका–२ का १ पुरुषमा संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्टले बताए ।

 यसै गरी प्छिल्लो २४ घण्टाको अवधीमा डडेल्धुरा अस्पतालमा गरिएको १ हजार ६ स्वाव परिक्षण मध्य ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज इश्वरी प्रसार भूषालले बताए ।

 उनका अनुसार मंगलबार संक्रमण पुष्टी हुनेमा कैलालीको घोडाघोडी नगरपालिकाका ३१, गौरिगंगा नगरपालिकाका ७, टिकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जना रहेका छन् ।

 यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिकाका ८ र महाकाली नगरपालिकाका १ जना र बैतडीको आर्मि ब्यारेकका १ जनामा कारोना संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज भूषलले बताए ।

 यो संगै सुदूरपश्चिममा कोरोना संक्रममितको कुल संख्या ५ हजार ३ सय ३८ पुगेको छ । भने संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।


ट्रेन्डिङ