धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मंगलबार थपिएका संक्रमित मध्य ७६ जना कैलालीका

मंगलबार थपिएका संक्रमित मध्य ७६ जना कैलालीका

धनगढी

 सुदूरपपिश्चममा मंगलबार थपिएका १ सय १४ संक्रमित मध्य कैलालीका मात्रै ७६ जना संक्रमित थपिएका छन् ।

 मंगलबार सेती प्रादेशिक अस्पतालका ५७ मध्य कैलालीका २९ जना छन् । जसमा धनगढीका ७ महिला र ६ पुरुष गरी १३ जना, टिकापुर नगरपालिकाका ७ महिला र ७ पुरुष गरी १४ जना, मोहन्याल गाउँपालिकाका १ महिला र १ पुरुष गरी २ जनामा संक्रमण पुष्टी भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 यसै गरी डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

 अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार मंगलबार संक्रमण पुष्टी हुनेमा कैलालीको घोडाघोडी नगरपालिकाका ३१, गौरिगंगा नगरपालिकाका ७, टिकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जना रहेका छन् ।


ट्रेन्डिङ