धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा मात्रै १८ प्रतिशत स्थानीय संक्रमित

धनगढीमा मात्रै १८ प्रतिशत स्थानीय संक्रमित

धनगढी

   धनगढीमा सोमबार सम्म  ३६ जना स्थानीय संक्रमित भेटिएका  छन् । सोमवार १२ जना स्थानीय संक्रमित थपिए संगै ट्राभल हिष्ट्री नभएका स्थानीय संक्रमितको संख्या ३६ पुगेको  छ । धनगढीमा जम्मा देखिएका संक्रमित मध्य १८ प्रतिशत स्थानीय संक्रमित देखिएका छन् ।

  धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले सोमबार संक्रमण पुष्टि भएका १२ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको   बताए । ‘सोमबार धनगढीका ३ वटा वडा गरि १३ जनामा संक्रमण पुष्टि भएको छ’ जनस्वास्थ्य निरिक्षक उपाध्यायले भने –‘ ति मध्य एक जना भारतको महाराष्ट्रबाट आएका व्यक्ति हुन भने बाँकी १२ जनाको ट्राभल हिस्ट्री भेटिएको छैन् ।’

   १२ जना मध्ये वडा नम्वर ४ का एकै परिवारका चार जना र वडा नम्वर ३ मा एकै परिवारका ५ सहित ६ जना रहेका छन् । ४ को संक्रमित परिवार शिक्षिकाको हो भने वडा नम्वर ३ को परिवार व्यापारीको हो । वडा नम्वर १ का तीन संक्रमित मध्ये एक शिक्षिका, एक स्टाफ नर्स र एक भारतबाट आएका पुरुष हुन् ।

 धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ३ का ६ जना र वडा नम्वर ४ का ४ जनामा संक्रमण देखिएको थियो । यो संगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ९५ पुगेको छ । धनगढीमा हाल सम्म ३६ जना स्थानीय संक्रमित देखिएका छन ति मध्य एक जनाको मृत्यु भईसकेको छ ।


ट्रेन्डिङ