धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

धनगढी स्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड

प्रहरीले अनुसन्धान गर्दै

धनगढी स्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड

धनगढी

धनगढीमा रहेको एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा विहिवार राती तोडफोड भएको छ ।

   धनगढी चौराहमा रहेको प्रादेशीक कार्यालयको एटिएम विहिवार राती १२ बजे तोडिएको बैैकमा रहेको सिसिटिभिमा देखिएको छ । प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यत्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ ।

    त्यसपछि एटिएम तोडिएको छ । अहिले प्रहरीले घटना स्थल पुगी मुचुल्का संगै अनुसन्धान गरिरहेको  छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट प्रहरी टोली त्यहाँ पुगेको छ । एटिएममा के कती पैशा थियो कति चोरी भयो भन्ने बारेमा भने अहिले खुलेको छैन ।