धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुरा अस्पतालको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

        डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १३ सहित सुदुरपश्चिमका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४  घण्टामा ६ शय ५० नमुनाको परिक्षण गरिएकोमा कैलालीको गोदावरी नगरपालिकाका १२ जना र धनगढी उपमहानगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

  त्यस्तै डडेल्धुराका आलिताल गाउपालिकाका १ जना, अजयमेरु गाउपालिकाका १ जना र कन्चनपुरको बेलौरी नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।


ट्रेन्डिङ