धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

धनगढीका १५ सहित सेती अस्पतालको परिक्षणमा २५ जनामा संक्रमण

धनगढीका १५ सहित सेती अस्पतालको परिक्षणमा २५ जनामा संक्रमण

धनगढी

  बुधबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका १५ सहित सुदूरपश्चिमका २५ जनामा संक्रमण पुष्टि भएको छ ।

   पछिल्लो २४ घण्टामा ९ सय ८१ जनाको स्वाव परिक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्ती अनुसार बुधबार संक्रमण पुष्टि भएकामा धनगढी उपमहानगरपालिकाका ५ महिला र १० पुरुष गरि १५ जना, कैलालीको टीकापुरका १ महिला र २ पुरुष गरि ३ जना र कैलालीकै एक जना रहेका छन् ।

 यसैगरी कंचनपुरको भिमदत्तनगरपालिकाका ३ पुरुष, कंचनपुरको बेल्डाँडीका १ जना र कंचनपुर कृष्णपुरका एक महिला र एक पुरुष गरि २ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।


ट्रेन्डिङ