धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जुम्ल्याला दाजुभाइ सहित एकै परिवारका ५ जनामा कोरोना संक्रमण

जुम्ल्याला दाजुभाइ सहित एकै परिवारका ५ जनामा कोरोना संक्रमण

धनगढी

  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ का जुम्ल्याहा २ दाजुभाई सहित एउटै परिवारका  ५ जनामा कोरोना संक्रमण भएको छ ।

  सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार गरिएको स्वाव परिक्षणमा वडा नम्बर ३ को खमौरा टोलका एकै परिवारमा कोरोना संक्रमण पुष्टि भएको हो ।  परिवारका बाबु छोरा र दाइ भाइ सहितका सदस्यमा कोरोना संक्रमण भएको वडा नम्बर ३ का अध्यक्ष मोहन सिंह खत्रीले बताए ।

   उक्त परिवारका सदस्यहरु ११ दिन अघि मात्र भारतको बैंगलोरबाट नेपाल आएका हुन् । उनीहरु होम क्वारेन्टाइनमा नै बसिरहेका छन् ।

 


ट्रेन्डिङ