धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अवैध सालको गोलिया सहित ५ जना पक्राउ

अवैध सालको गोलिया सहित ५ जना पक्राउ

सुखड

  कैलालीको घोडाघोडी नगरपालिकामा अवैध सालको गोलिया सहित ५ जना पक्राउ परेका छन । घोडाघोडी नगरपालिकामा वडा नम्बर ५ को छुट्टा छुट्टै स्थानबाट बनको टोलीदे ७७.१५ क्युफिट काठ बरामद गरेको छ ।

  घोडाघोडी नगरपालिकामा वडा नम्बर ५ सरैया स्थित वीर बहादुर मल्ल (बिरेन्द्र )को घरमा काठ चिरान गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा टोली त्यहा पुगेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले  बताएका छन् ।

  सबडिभिजन वन कार्यालय सुखडवाट गएको टोलिले चिरान गरिहेको ५.७८ क्यु फिट सालको ९ थान कडि सहित जालुराम चौधरी, भिट्टु डगौरा, असोक चौधरी, प्रदेसी चौधरी र भिसराम चौधरी लाइ पक्राउ गरेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले जानकारी दिएका छन । काठ चिरानका मुख्य नाइके भनिने वीर बहादुर मल्ल बिरेन्द्र भने फरार रहेका छन् ।

  त्यसैगरि टोलिले वडा न ५ बाटै ५ थान ७१.३७ क्यु फिट का गोलिया समेत बरामत गरेको छ ।

लकडाउनका कारण अदालतबाट म्याद थप नहुने हुदा पक्राउ परेकाहरलाइ जिम्मा जमानीमा छोडिएकाले खुलेपछि अदालतमा पेश गरिने कार्यालय प्रमुख  थापाले जानकारी दिए ।



ट्रेन्डिङ