धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दुर्गाथली गाउँपालिकाका २३ सहित थप ४९ जनामा कोरोना संक्रमण

दुर्गाथली गाउँपालिकाका २३ सहित थप ४९ जनामा कोरोना संक्रमण

धनगढी

डडेल्धरा अस्पतालमा गरिएको स्वाब परिक्षणमा बझाङको दुर्गाथली गाउँपालिकाका २३ सहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालका अनुसार ३ शय ८५ जनाको स्वाब परिक्षण गरिएकोमा  दुर्गाथलीका २३ र केदारस्यु गाउपालिकका २ गरि बझाङका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पाटन नगरपालिकाका २१ जना, दोगडाकेदार गाउपालिकाका २ जना र सुर्नैया गाउपालिकाका १ जना गरि बैतडीका २१ जनामा र दार्चुलाको महाकाली नगरपालिकाका २ जनामा कोरोना संक्रमण भेटिएको छ ।


ट्रेन्डिङ