धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बयलपाटा अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण

बयलपाटा अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण

धनगढी

  बछामको बयालपाटा अस्पतालका २ कर्मचारीमा कोरोनाको संक्रमण भएको छ । यससँगै  बयलपाटा अस्पतालका कोरोना संक्रमित हुने कर्मचारीको संख्या २४ पुगेको छ ।

 सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार गरिएको स्वाब परिक्षणमा अस्पतालका एक जना स्वास्थ्यकर्मी सहित २ कर्मचारीमा  कोरोना संक्रमण पुष्टि भएको हो ।

     भदौ ६ गते डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा बयलपाटा अस्पतालका प्रयोगशलाका ५ सहित १९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  अस्पतालकै कर्मचारीमा कोरोना देखिएपछि गरिएको परिक्षणमा उनीहरुलाई कोरोना संक्रमण भेटिएको थियो ।

    त्यस अघि २ जना स्वास्थ्यकर्मी र १ जना कर्मचारीमा पनि कोरोना पुष्टी भएपछि अस्पतालले ठुलो संख्यामा परिक्षण गरेको थियो । 

 


ट्रेन्डिङ