धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कञ्चनपुर प्रशासनको निर्देशन पछि गौरीफन्टा नाकामा बनाईएका खोका छाप्रा हटाईयो

धनगढी

   जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गौरीफन्टा नाकामा बनाईएका खोकाछाप्रा हटाउन निर्देशन दिए लगत्तै हटाईएको  छ ।

   प्रशासनको निर्देशन पछि गौरफिण्टा क्षेत्रमा रहेका खोका छाप्रा हटाईएको हो । सीमानाकालाई व्यवस्थित बनाउन खोकाछाप्रा हटाउन निर्देशन दिईएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जानकारी दिए ।

  प्रजिअ खतिवडाले सीमानाकालाई व्यवस्थित बनाउँदै भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका लागि अवैध रुपमा बनाईएका संरचना हटाउन निर्देशन दिएको बताए ।

  यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले गौरीफन्टा नाकाको व्यवस्थापन गर्दै आएकोमा कञ्चनपुर प्रशासनले सुरक्षाकर्मी परिचालन गर्दै आफ्नो मातहतमा लगिसकेको छ ।

 


ट्रेन्डिङ