धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीको प्रयोगशालामा ११ जनामा कोरोना पुष्टि

डोटीको प्रयोगशालामा ११ जनामा कोरोना पुष्टि

धनगढी

  डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   अस्पतालका ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार ८८ जनाको परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको  हो ।

  संक्रमण पुष्टि भएका सबै डोटी जिल्लाका नै रहेका छन् । ल्याब ईन्चार्ज श्रेष्ठका अनुसार सायल गाउँपालिकाका एक पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक पुरुष, पुर्विचौकी गाउँपालिकाका वडा नंम्बर ६ का ५ पुरुष र ३ महिला गरि आठ जना र पुर्विचौकीकै वडा नंम्बर ७ का एक महिलामा संक्रमण पुष्टि भएको हो ।


ट्रेन्डिङ