धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपालमा कोरोनाबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

नेपालमा कोरोनाबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

जनकपुरधाम

  कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पाँच दिन अघि मृत्यु भएका महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टमो कोरोना संक्रमणको पुष्टि भएको छ ।

  महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले  मृत्यु हेल्थ असिस्टेन्टको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

   श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।

 


ट्रेन्डिङ