धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

दार्चुलामा स्क्रब टाइफसका विरामी बढ्दै

दार्चुलामा स्क्रब टाइफसका विरामी बढ्दै

दार्चुलामा स्क्रब टाईफसका बिरामी बढ्दै गएका छन् मंगलबारसम्म आठ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको   जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका आठ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका डाक्टर गजेन्द्र दुवालले बताए

  यसअघि पाँच जनामा स्क्रब टाइफस देखिएकोमा सोमबार मात्रै थप तीन जनामा स्क्रब टाइफस संक्रमण देखिएकाले बिरामीको संख्या आठ पुगेको डाक्टर दुवालले बताए सोमबार मात्रै तीन जना महिलामा स्क्रब टाइफस देखिएको

   महाकाली नगरपालिकाका दुई जना मालिकार्जुन गाउँपालिकाका एक जना गरी जना महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको   मालिकार्जुन गाउँपालिकामा एक पुरुष तथा तीन महिला गरी चार जना, महाकाली नगरपालिकामा एक पुरुष तथा दुई महिला गरी तीन जना ब्याँस गाउँपालिका एक पुरुष गरी जम्मा आठ जनामा स्क्रब टाइफस देखिएको अस्पतालका डाक्टर दुवालले बताए

 ती मध्ये गम्भीर एक जनालाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको भने एक जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको  डाक्टर दुवालका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने कुनैकुनै बिरामीलाई झाडापाखाला सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको


ट्रेन्डिङ