धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

डोटीमा २१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

डोटीमा २१ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका४ सुलेख स्थित नेपाली सेनाको ब्यारेकका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   मंगलबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २१ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

  स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले मंगलबार डोटीमा नेपाली सेनाका २१ जना सहित २४ जनामा संक्रमण पुष्टि भएको बताए । सुदूरपश्चिम प्रदेशमा नेपाली सेनालाई कोरोना संक्रमण भएको यो पहिलो हो ।

 


ट्रेन्डिङ