धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती प्रादेशीक अस्पतालमा स्वईच्छाले कोरोना परिक्षण गर्दा २५०० शुल्क लाग्ने

सेती प्रादेशीक अस्पतालमा स्वईच्छाले कोरोना परिक्षण गर्दा २५०० शुल्क लाग्ने

धनगढी,

   सेती प्रादेशीक अस्पतालमा स्वईच्छाले कोरोना परिक्षण गराउँदा दुई हजार पाँच सय लाग्ने भएको छ ।

  सेती प्रादेशीक अस्पतालले आज एक सुचना जारी गरि निर्देशीका भन्दा वाहिरका अर्थात कसैले स्वईच्छाले कोरोनाको पिसिआर परिक्षण गर्दा रु २ हजार ५ सय  शुल्क लग्ने निर्णय गरेको जनाएको छ ।

 नेपाल सरकारको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशन  र अस्पताल ब्यबस्थापन समिति कार्यसम्पादन समितिको निर्णय अनुसार शुल्क तोकिएको प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले जानकारी दिए ।

यस अघि नेपाल सरकारले शुरुमा ५ हजार ५ सय र केहि दिन अघि मात्र त्यसलाई घटाएर ४ हजार ३ सयमा स्वईच्छाले कोरोना परिक्षण गर्न सकिने निर्णय गरेको थियो ।


ट्रेन्डिङ