धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

छ महिनामा एउटै गाउपालिकाका ३ कर्मचारी बिरुद्ध बलात्कारको मुद्धा दर्ता

छ महिनामा एउटै गाउपालिकाका ३ कर्मचारी बिरुद्ध बलात्कारको मुद्धा दर्ता

भजनी

  पछिल्लो छ महिनामा कैलालीको जोशीपुर गाउँपालिकाका तीन कर्मचारी बिरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता भएको छ । मुद्धा दर्ता हुने मध्य १ जनालाई आफ्नै गाउँपालिकाकै कर्मचारीलाई बलात्कार गरेको आरोपमा मुद्धा दर्ता गरिएको हो ।

   २०७७ बैशाखदेखि असोजको पहिलो हप्तामा खरिदारदेखि अधिकृत छैठौं तहका कर्मचारीमा बलात्कारको आरोप लागेको हो ।

  सबै भन्दा पछिल्लो पटक असोज ३ गते छैठौ तहका अधिकृत भानुभक्त उपाध्यायका बिरुद्ध आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको आरोपमा मुद्धा दर्ता भएको हो । आफ्नै कार्यालयमा कार्यरत महिलाले प्रहरीमा मुद्धा दर्ता गरेपछि उपाध्यायलाई पक्राउ गरि मुद्धा दर्ता गरिएको हो ।

  यसअघि गत असारमा  जोशीपुर गाउँपालिकामै कार्यरत खरिदार रमेश जोशीमाथि  घोडाघोडीकी एक महिलालाई बलात्ककार गरेको आरोपमा मुद्धा दर्ता भएको थियो । गाउँपालिकामा करार सेवामा कार्यरत जोशी धरौटीमा रिहा भएका छन् । निलम्बित जोशीको मुद्धा अदालतमा  चलिरहेको छ ।    

   त्यस्तै बैशाख २ गते सोही गाउँपालिका वडा नं ४ का सचिव राजकुमार चौधरी भजनीकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए । त्यसपछि चौधरीमाथि जबरजस्ती करणीको मुद्धा दर्ता भएको हो ।

 चौधरी पुर्पक्षका लागि थुनामा छन् । उनको मुद्धा पनि अदालतमा बिचाराधीन रहेको छ ।

 

 



ट्रेन्डिङ