धनगढी
यामाहा कम्पनीको धनगढीका लागि आधिकारीक बिक्रेता स्वेता ट्रेडिङ कन्सर्नले यामाहा नेपालले बजारमा ल्याएको नयाँ रे जेडआर १२५ एफआई स्कुटर धनगढीमा पनि सार्वजनिक गरेको छ ।
शुक्रबार स्वेता ट्रेडिङमा एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका महासचिब ओम बिष्ट र गुड विल फाईनान्स धनगढीका मेनेजर अमर बहादुर बोगटीले संयुक्त रुपमा नयाँ स्कुटर सार्वजनिक गरेका हुन ।
कार्यक्रममा श्वेता ट्रेडिङका संचालक राजेश भण्डारीले सार्बजनिकगरिएको स्कुटरका बारेमा जनकारी दिएका थिए । उनले शुक्रबार सार्बजनिक गरिएको स्कुटर यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर रहेको जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्ने बताए । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको र अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको संचालक भण्डारीले जानकारी दिए ।
यमाहा कम्पनीका प्रतिनिधि भानु चौधरीले यो नयाँ सार्वजनिक गरिएको १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधि सहितको इन्जिन लगाइएको बताए ।
साथै यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका उनले जानकारी दिए । यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुको स्कुटर बनाएको चौधरीले बताए । यसको मुल्य २ लाख ३४ हजार देखि २ लाख ५४ हजार सम्म रहेको स्वेता ट्रेडिङका संचालक राजेश भण्डारीले जानकारी दिए ।