धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

पहिलो पटक चालु भन्दा पुजीगत खर्च बढी

पूजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार बजेट राखिएको छ जुन सम्पूर्ण बजेटको ५० दशमलब २ प्रतिशत हो ।

धनगढी

  बजेटमा पहिलोपटक पूजीगत तर्फ चालू भन्दा बढी बजेट बिनियोजन गरिएको छ । कोभिड १९ को महामारीका कारण कार्यान्वयन गर्न सकिनेमा आंशका रहेकै बेला पूजीगत तर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार बजेट राखिएको छ जुन सम्पूर्ण बजेटको ५० दशमलब २ प्रतिशत हो ।

   चालू तर्फ १४ अर्ब १८ करोड  ७८  लाख ६० हजार राखिएको छ । चालू तर्फको बजेटको अंश ४२ दशमलब ५ प्रतिशत रहेको छ ।

   अन्तर सरकारी बित्त ब्यवस्थापन तर्फ २ अर्ब १३ करोड र बित्तिय ब्यवस्था तर्फ ३० करोड रहने प्रस्ताव बजेट भाषणमा गरिएको छ ।


ट्रेन्डिङ