धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सुदुरपश्चिम प्रदेशको आव २०७७।२०७८ को ३३ अर्बको बजेट

सिंचाई सुविधा पुरयाउन १ अर्ब ४१ करोड रुपैया बिनियोजन

प्रदेशका नौ वटै जिल्लामा नमुना सिंचाइ योजना बनाउन ६ करोड ८० लाख थप  बिनियोजन गरिएको छ ।

 धनगढी

  नदी नियन्त्रण तर्फ ४४ करोड बजेट बिनियोजन गरिएको छ । प्रदेशभरी सिंचाई सुविधा पुरयाउन बिभिन्न आयोजनाका लागि १ अर्ब ४१ करोड रुपैया बिनियोजन गरिएको छ । यी सिंचाई आयोजनाबाट प्रदेशभरी २ हजार ८० हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध हुने र त्यो मध्ये ८ सय ९० हेक्टर जमीनमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध हुने हुने बजेटमा उल्लेख गरिएको छ ।

    सिंचाई सुविधा उपलब्ध गराएपछि १० हजार ८ सय ४७ मेट्रिक टन बाली उत्पादनमा बृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ ।

   प्रदेशका नौ वटै जिल्लामा नमुना सिंचाइ योजना बनाउन ६ करोड ८० लाख थप  बिनियोजन गरिएको छ ।


ट्रेन्डिङ