धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बस्ती नजिकै कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गरिएको भन्दै बिरोधमा उत्रे धनगढीका स्थानीय

बस्ती नजिकै कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गरिएको भन्दै बिरोधमा उत्रे धनगढीका स्थानीय
FILEPHOTO

धनगढी

 धनगढी उप–महानगरपालिका–१ स्थित वस्ती नजिकै रहेको कब्रिस्तानमा कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गरिएपछि स्थानीय विरोधमा उत्रेका छन् ।

 बिहीबार कोरोना संक्रमणबाट धनगढी–२ की ५७ बर्षिया महिलाको मृत्यु भएको थियो । मृतकको शव नपाली सेनाले वडा नम्बर–१ का रहेको कब्रिस्तानमा व्यवस्थापन गरेको थियो । तर स्थानीयले कब्रिस्तान मानव वस्ति संगै जोडिएकाले थप संक्रमण फैलन सक्ने भन्दै सो स्थानमा संक्रमितको शव व्यवस्थापन गर्न नहुने माग राख्दै आएका छन् ।

 स्थानीयले कब्रिस्तानमा तालाबन्दी गर्दै सो स्थानमा शव व्यवस्थापन गर्ने निर्णय फिर्ताको माग गर्दै कब्रिस्तानमा ताला लगाएका छन् ।

 प्रमुख जिल्ला यज्ञराज बोहराले भने शव व्यवस्थापन गर्दैमा कोरोना संक्रमणको जोखिम नहुने बताए। उनले भने–‘जुन ठाउँमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न थालेपनि स्थानीयले बिरोध गर्ने गरेका छन्, तर सुरक्षित तवरले शवको व्यवस्थापन हुँदै आएको कुरा बुझ्नु जरुरी हुन्छ, शव व्यवस्थापन गर्दैमा कोरोना फैलने होइन ।’


ट्रेन्डिङ