धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कञ्चनपुरमा खैरो हिरोइन सहित एक जना पक्राउ

धनगढी

 कञ्चनपुरमा खैरो हिरोइन सहित एक जना पक्राउ परेका  छन् । बेलौरी नगरपालिका वडा नम्बर ६ का दिनेश बोटलाई खैरो हिरोईन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

   भारतीय क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार साँझ ५० ग्राम खैरो हिरोईन सहित युपि ३१ ए.एफ ७९९० नम्बरको भारतीय मोटरसाईकल पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


ट्रेन्डिङ