धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी–१५ मा जोरविजोर प्रणालीबाट पठनपाठन सुरु

धनगढी–१५ मा जोरविजोर प्रणालीबाट पठनपाठन सुरु

धनगढी

 धनगढी उप–महानगरपालिका वडा नम्बर १५ मा जोर बिजोर प्रणालीबाट पठनपाठन सुचारु गरिएको छ ।

 कोरोना संक्रमणलाई छल्दै आज देखी जोरबिजोर प्रणाली अपनाएर पठनपाठन सुचारु गरिएको वडा अध्यक्ष फुलराम चौधरीले बताए ।

 वडामा विगत १ साता देखी नयाँ संक्रमित फेला नपरेपछि सुरक्षाका मापदण्ड पालना गर्दै सामुदायिक विद्यालयमा पठनपनठान सुचारु गर्ने निर्णय गरिएको वडा अध्यक्ष चौधरीले बताए ।

 सो वडामा ४ वटा सामुदायिक विद्यालय रहेका छन् । नगरका अन्य विद्यालयले भने वैकल्पिक पद्धतिबाट शिक्षण गर्दै आएका छन् । बिहीबार १० बजे दखी नियमित सञ्चालन हुने गरी विद्यालयमा पठनपाठन सुचारु गरिएको वडाध्यक्ष फुलराम चौधरीले बताए ।


ट्रेन्डिङ