धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

धनगढीमा चैत देखि बन्द रहेका बिद्यालय संचालन हुदै

धनगढी

गत चैत महिना देखि बन्द रहेका बिद्यालयहरु संचालनको तयारीमा रहेका छन् । केही बिद्यालय संचालन भैषकेका छन् भने केही संचालनको तयारीमा रहेका छन् ।

   आईतबार धनगढी उपमहानगरपालिकाले चैत देखि बन्द रहेका बिद्यालयहरुलाई पठनपाठन सञ्चालन गर्न अनुमति दिएको छ ।

 उपमहानगरपालिकाले आइतबार विद्यालयहरुलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो ।

  विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारलाई समेत हेरेर विभिन्न ७ वटा विकल्पको प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।

  उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकको सहभागितामा अनिवार्य मास्क लगाउने, भौतिक दूरी मिलाएर बस्ने, खाजा व्यवस्थापन लगायत विद्यालयमा रहदा वा  घर फर्किदा वा पुगेपछि पालन गर्नुपर्ने आचारसंहिता समेत बनाउन समेत बिद्यालयहरुलाई निर्देशन दिएको छ ।


ट्रेन्डिङ