धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

परीक्षा अनुगमन गर्न गएकी शिक्षिकाको मृत्यु

धनगढी

 डोटीमा परिक्षाको अनुगमनमा गएकी शिक्षीकाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आइतबार बिहान अकस्मात मृत्यु भएको हो ।

 इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासी बेहोस भएर उनी ढलेकी थिईन ।

बेहोस भएकी शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

 


ट्रेन्डिङ