धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेकपा असफल भैसक्यो : साउद

नेकपा असफल भैसक्यो : साउद

धनगढी

 नेपाली काँग्रेसका नेता एनपी साउदले नेकपा पार्टि नै असफल भैसकेको बताएका छन ।

 उनले असफल भएको पार्टिसंग काग्रेस सरकारमा जाने कुराको हल्ला कपोकल्पित भएको बताए ।  सोमवार अछाममा हुने विरोध सभालाई सम्बोधनका लागि धनगढी पुगेका नेता साउदले प्रेस युनियन कैलालीले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा सो बताएका हुन् ।

 गएको निर्वाचनमा नेपाली काँग्रेसले जनताबाट प्रतिपक्षको जिम्मेवारी पाएको छ, नेता साउदले भने,–‘पाँच बर्षसम्म लगातार हामी प्रतिपक्षमै बस्छौं,पाँच बर्षपछि जनताबाट अनुमोदित भएर मात्र सत्तामा जान्छौं।’ ७०/७५ बर्षको ईतिहास भएको नेपाली काँग्रेस, ७/७ जना पार्टी अध्यक्ष र त्यसबाट प्रधानमन्त्री भएका छन्,  उनले भने,–सत्तामा जाने, प्रधानमन्त्री, मन्त्री बन्ने कुरा महत्वपुर्ण होइन जनताको आस्था र विश्वास जित्ने कुरा महत्व हो ।’ काँग्रेस सतामा जान्छ भन्ने कम्युनिष्टले जनता माझ भ्रमको खेती गरेको नेता साउदले आरोप लगाए ।

 पार्टीलाई मिलाएर जनताका माझ जान्छु भनेर सता पक्षले प्रतिवद्धता जनाएको थियो त्यो पनि असफल भयो,उनले भने,‘– त्यस कारण असफल भएको विचार र दर्शनमा हामी गठबन्धन गर्न सक्दैनौं, जनताबाट अनुमोदित भएर मात्र सत्तामा जान्छौं।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचनमा जनताका माझ गरेका बाचा र घोषणा, कोभिडबाट त्रसित समस्यालाई भुलेर पार्टीको सत्ता संघर्षमा रुमलिएको उनले आरोप लगाए ।

 महंगि आकासिएको, बेरोजागार बढ्दै गएको, देशको अर्थतन्त्र चौपट भएको र किसान मजदुर विपन्न वर्गलाई खान लगाउने नपुग्ने परिस्थिति सिर्जना भएको बताउँदै नेता साउदले नेकपाका हरेक गतिविधी देखेर जनता निराश भएका छन् ।

 निराशको अभिव्यक्तिले नेपाली काँग्रेसको चिन्ता के रहेको छ भने त्यो निराश अभिव्यक्तिले कहिले काही प्रजातन्त्रका विरुद्ध नसोजियोस, प्रजातन्त्र र संविधान यसको भिक्टीम नबनोस, यही चिन्ताले काँग्रेसले सरकारलाई सजक गराउँदै आएको र सरकार त्यतातिर लाग्ने संकेत नदेखिएको उनले बताए ।


ट्रेन्डिङ