धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

रेशमको पेशी माथी फैसला हुँदै

रेशमको पेशी माथी फैसला हुँदै

धनगढी
 टिकापुर घटनाका आरोपित रेशम चौधरीको मृद्धामाथी परेको पेशीमा उच्च अदालत दिपायलले आज फैसला गर्दै छ । उच्च अदालत दिपायलका अनुसार केही बेर अघि रेशमको पेशीमा बहस सुरु भएको छ ।

 उच्च अदालतका न्यायधिस टेकनारायण कुँवर र सिताराम मण्डलको संयुक्त इजलासले मुद्धा हेरिरहेका छन् । त्यसैगरी रेशम चौधरीको पक्षमा गम्भिर सिंह ऐर, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहस गरिरहेका छन् । 
 उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सिता रेग्मीका अनुसार सम्भवतः आजनै उच्च अदालतले रेशमको मुद्धालाई किनारा लगाउने छ ।